आजबाट छैठौं बागमती गोल्डकप सुरु

हेटौंडा टुडे
१ फाल्गुन २०८०, मंगलवार १०:५३

हेटौडा । मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नम्बर ८ स्थित जनता माध्यमिक विद्यालयमा छैठौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८० आज मंगलबारबाट सुरु हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा १० वटा टिम उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको आज बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले समुद्घाटन गर्दैछन् । खेल उद्घाटन कार्यक्रम दिउँसो १ बजे हुनेछ ।

उद्घाटन खेल बागमती युथ क्लब सर्लाही र मच्छिन्द्र क्लब काठमाडौं बीच हुने खेलकुद विकास समितिका अध्यक्ष टीकालाल श्रेष्ठले बताए । भोली २ गते आयोजक खेदकुद समिति र हिमालयन शेर्पा क्लबबीच हुने जनाइएको छ ।प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image