हेटौंडा । मकवानपुरगढी गाउपालिकालाई आज कुकुरलाई लगाईने २ सय डोज रेविज बिरुद्धको भ्याक्सिन सहयोग प्राप्त भएको । पशु सेवा कार्यलय मकवानपुरले एक कार्यक्रको आयोजना गदै मकवानपुरगढी गाउँपालिकालाई २०० डोज रेबिज बिरुद्ध खोप हस्तान्तरण गरेको हो ।
जिल्ला पशु सेवा कार्यालय हेटौडाका प्रमुख ब्रज किसोर ठाकुरले मकवानपुरगढी गाउँपालिकाका अध्ययक्ष दोर्जे लामा स्याङतानलाई खोप हस्तान्तरण गर्नु भएको हो । घर पालुवा या छाडा कुकुरले कुनै पनि व्यक्तिलाई टोकेमा सो रेबिज बाट जोगाउन पशुसेवा कार्यालयले उक्त खोपको व्यवस्था गरेको पशु सेवा कार्यालय हेटौडाका प्रमुख ठाकुरले बताउनु भयो ।
यस्तै भ्याक्सिन लिदै गाउपालिका अध्यक्ष स्याङतानले पहिलो आफुले पाएको भ्याक्सिन गाउपलिका भित्रका ८ वटा वडाका सबै घर पालुवा र छाडा कुकुरहरुलाई लगाउने र यो दुई सय थान भ्याक्सिन अपुग हुने र करिब पाच सय जति लाग्ने बताउनु भयो । साथै प्रमुख ठाकुरले पशु सेवाले मकवानपुरगढी गाउँपालिकाको लागि आवस्यकता अनुसारको खोप सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नु भयो ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी सस्थामा रेबिज रोग बिरुद्दको सचेतना मुलक कार्यक्रममा सम्पन्न भएको थियो । जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख ब्रज किशोर ठाकुरको सभा अध्यक्षतामा भएको कार्यक्रमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । तेस्तै विशिष्ट अथिति वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमेरे , वडा नम्बर ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना , अथितिहरुमा मनकामना दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहाल , रानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बिस्नु प्रसाद न्यौपाने , चुच्चेखोला सामुदायिक बन का उपाध्यक्ष उमेश अधिकारि , मकवानपुरगढी गाउँपालिका पशु साखा प्रमुख सत्यनारायण शाह , पत्रकार मनोज देबकोटा , एम प्रसाद पौडेल , मनकामना दुग्ध उत्पादक सहकारी सस्थाका व्यवस्थापक ससी लम्साल , डाक्टर मदन भण्डारी लगाएतकको उपस्थिति रहेको थियो ।