
हेटौडा । हेटौडामा पहिलो खुल्ला राष्ट्रिय पुरुष हेटौडा रन प्रतियोगिता हूने भएको छ । हेटौडा उपमहानगरपालिकाको आयोजना तथा नगर खेलकुद बिकास समितिको व्यवस्थापनमा प्रतियोगिता हूने लागेको हो । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै समितीले फागुन १८ गते प्रतियोगिता हुने बताएको हो । प्रतियोगिता बूद्धचोकदेखी सानोपोखरा सम्म ५ किलोमिटर दौड को दूरी हुने जनाएको छ ।
४ लाख रुपैयाको लागतमा आयोजना हून लागेको प्रतियोगितामा प्रथम हूनेलाई ६० हजार पुरस्कार , द्धितीयलाई ५० हजार, तृतीयलाइ ४० हजार र प्रोत्साहन पूरस्कार स्वरुप १० हजार दूई जनालाई दिईने आयोजकले पत्रकार सम्मलेन मार्फत जानकारी गराको छ ।
प्रतियोगितामा भाग लिन चाहनेले टेलिफोनमार्फत आफ्नो नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ। प्रतियोगितामा १६ बर्ष पुरा भएका नेपाली नागरिकहरुले सहभागिता जनाउन पाउने छन् । कार्यक्रमा नगर खेलकुद बिकास समितिका अध्यक्ष रबिद्र घिमिरेको सभा अध्यक्षतामा समपन्न भएको थियो । कार्यक्रमा नगर खेलकुद बिकास समितिका सदस्यहरु संगिता केसी,बिनोद राय,सूनिल लोप्चन ,सरस्वती लो लगायतका उपस्थिति रहेको थियो ।

