मकवानपुर जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन

हेटौंडा टुडे
१४ फाल्गुन २०८०, सोमबार १७:१४

हेटौंडा । मकवानपुर जिल्ला अदालतको नवनिर्मित भवनको आज उद्घाटन् गरिएको छ । अदालतको सुविधा सम्पन्न भवनको आज उद्घाटन् गरिएको हो । ठुला सानागरी ७१ वटा कोठा रहेको नव निर्मित भवनको आज प्रधानन्यायधिश बिश्वम्भर प्रसाद श्रेष्ठले उद्घाटन् भएको हो।

उद्घाटन् कार्यक्रममा बोल्दै उहाँले न्यायपालिकालाई आम नागरिकको आशाको केन्द्र बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । अदालत प्रतिको विश्वास र भरोसालाई कायम गर्नुपर्ने उहाँले बताउनुभयो । नयाँ मुद्धाका तुलनामा सबोच्च अदालतमा पुराना मुद्धाहरु धेरै फच्यौट भएको बताउनुभयो । सर्बोच्च सहित देशभरका अदालतमा रिक्त रहेका न्यायधिश नियुक्तीको काम पनि अगाडी बढेको बताउनुभयो । सबोच्च अदालतमा विकास निर्माणका मुद्धाहरु छिटोछरितो रुपमा गर्नेगरी काम अगाडी बढाइएको प्रधानन्यायधिश श्रेष्ठले बताउनुभयो ।

हेटौंडा उपमहानगरपलिका वडा नम्बर–२ मा नवनिर्मित भवनको उद्घाटन संगै सुबिधा सम्पन्न भवनबाट सेवा दिन पाएकोमा जिल्ला न्यायधिशहरु पनि खुसी भएका छन् ।
सुविधासम्पन्न पाँच तल्ले भवनमा भुमिगत पार्किङसहित अपाङ्गमैत्री सुविधा रहेको छ । भवनमा कर्मचारी तथा सेवाग्राहीको लागि दुइवटा लिफ्टको व्यवस्थापन गरिएको छ । १० कठ्ठा क्षेत्रफलमा निर्मित भवनमा ४८ वटा सिसिटिभी, प्रहरी विट, आधुनिक चमेना गृह रहेको छ । जिल्ला अदालतको भवनमा पाँचवटा अपाङ्गमैत्री शौचालय समेत रहेका छन् ।

भवनमा पुस्ताकलय, कानुन ब्यबसायी प्रतीक्षा कक्ष, सुपरिवेक्षण कक्ष, सभाहल, सूचना कक्ष, मेलमिलाप कक्ष, पोषण कक्ष लगाएको सुविधा रहेको छ ।
२७ करोड ८९ लाख १४ हजार १ सय ६७ रुपैयाँमा बोलपत्र भएको भवनलाइ काठमाडौको कविन्द्ररनवसिर्जनशिलरस्लेट जेभिले १८ करोड १२ लाख ३३ हजार ३६ रुपैयाँमा ठेक्का प्राप्त गरेको थियो । तर मुल्य वृद्धि र भेरिएसन आदेश सहित भवन निर्माण २३ करोड ७७ लाख ४ हजार २ सय ४८ रुपैयाँमा सम्पन्न भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*