हेटौंडामा सुमोको ठक्करबाट पैदैल यात्रीको मृत्यु

हेटौंडा टुडे
१८ चैत्र २०८०, आईतवार १६:१२

हेटौंडा। गयराति हेटौंडामा भएको सडक दुर्घटनामा घाइते एकजनाको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौडा ११ नवलपुर स्थित चन्द्र शुर्य पेट्रोल पम्प नजिक एक जना पैदलयात्रीको सुमोको ठक्करबाट ज्यान गएको हो।

ज्यान गुमाउनेमा हेटौंडा ११ बस्ने ३५ को ज्ञाने सुनार रहेको जनाइएको छ। उनलाई प्रहरीले घाईते अबस्थामा उद्धार गरी उपचारार्थ पठाएकोमा उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको थियो ।

शनिबार घटनाको जनाकारी पाएलगत्तै पुगेको प्रहरीको टोली सिसि टिभी फुटजका आधारमा मृतक पैदलयात्री लाई ठक्कर दिने सुमो भएको ठम्माएको थियो। ठक्कर दिई फरार प्रदेश १-०२-०१ ज ४३०० नम्बरको टाटा सुमोलाई इलाका प्रहरी कार्यालय इटहरीको समन्वयमा इटहरीबाट नियन्त्रणमा लिएको र सुमो तथा चालक इटहरी प्रहरीको नियन्त्रणमै रहेकोले हेटौंडा ल्याउने तयारी भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*