नयाँवर्षमा शुभकामना दौड प्रतियोगिता हुने

हेटौंडा टुडे
२२ चैत्र २०८०, बिहीबार १२:४४

हेटौंडा । नेपाल तरुण दल हेटौंडा–६ को आयोजनामा यसवर्ष पनि शुभकामना दौड प्रतियोगिता हुने भएको छ ।हेटौंडा–६ स्थित चौघडा बजार क्षेत्रमा हुने प्रतियोगिता वैशाख १ गते विहान हुने आयोजक तरुण दल अध्यक्ष कमल कोइरालाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

‘प्रतियोगिताको तयारी करिब करिब सकिएको छ । हामीले प्रतियोगितामा सहभागी हुने खेलाडीलाई औपचारिकरुपमा आमन्त्रण गरिसकेका छौं ।’, कोइरालाले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको बताए ।उनका अनुसार प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैया“, द्वितीयले दशहजार रुपैया“ र तृतीयले पा“चहजार रुपैया“ प्राप्त गर्नेछन् । तरुण दल हेटौंडा–६ ले लामो समयदेखि यस प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image