मकवानपुरमा एकहजारका नक्कली नोटसहित ५ जना पक्राउ

हेटौंडा टुडे
२८ बैशाख २०८१, शुक्रबार १८:००

 हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरीले एक हजार दरको नक्कली नोट ५५००० पचपन्न हजार सहित पाँचजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का १८ वर्षीय सीताराम थिङ, हेटौँडा उमहानगरपालिका वडा नम्बर १४ का ३७ वर्षीय सुनील ढुंगाना सोही स्थानका १८ वर्षीय रोजल ढुंगाना, मकवानपुगढी गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय सोमराज थोकर र रामेश्वर अर्याल रहेका छन् ।
प्रहरी प्रवक्ता भण्डारीका अनुसार प्रहरीले बुधबार सीतारामको साथबाट १२ हजार, सुनीलको साथबाट ४२ हजार र रोजलको साथबाट एक हजार रुपैयाँको नक्कली नोट बरामद गरेको थियो । उनीहरुसँगको सोधपुछ र अनुसन्धानका क्रममा नक्कली नोटको कारोबारमा थप व्यक्तिहरु संलग्न रहेको पाइएपछि बिहीबार दुईजनालाई पक्राउ गरिएको उलने जानकारी दिए ।
प्रहरीले सीतारमा, सुनील र रोजलसँग सोधपुछका आधारमा नक्कली नोटको कारोबारमा संलग्न रहेको देखिएपछि सोमराज र रामेश्वरलाई पनि पक्राउ गरेको प्रवक्ता भण्डारीको भनाई छ । उनले कारोबारमा संलग्न सुनील ढुंगाना र रोजल ढुंगाना बाबु÷छोरा रहेको पनि बताए ।
प्रहरीले पाँचै जनालाई नक्कली मुद्रा कारोवार सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*