हेटौँडामा राइटपाथको एजुकेसन कन्क्लेभ भव्यताका साथ सम्पन्न

हेटौंडा टुडे
४ जेष्ठ २०८१, शुक्रबार ११:०७

हेटौँडा । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ -२०२४’ को हेटौँडाको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। बिहीबार संस्थाको फ्रेन्चाईज कार्यालय हेटौँडामा आयोजित कार्यक्रममा ५ सय भन्दा बढी विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता रह्यो।

अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई विभिन्न आकर्षक अफरहरू सहित संस्थाले कन्क्लेभ आयोजना गरेको थियो। बिहान १० बजेदेखि नै विद्यार्थीहरूको भिड लाग्न थालेको थियो र साँझ सम्म उस्तै मात्रामा विद्यार्थीहरू कन्क्लेभमा उपस्थित रहे। कन्क्लेभमा सहभागी विद्यार्थीहरूले विदेश अध्ययन सम्बन्धी विज्ञहरूबाट महत्वपूर्ण ज्ञान हासिल गरे।

राइटपाथले अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाका २० भन्दा बढी विश्वविद्यालयहरूका प्रतिनिधिलाई एउटै छानामुनि राखेर ‘ग्रान्ड एजुकेसन कन्क्लेभ(२०२४’ आयोजना गरेको थियो। कार्यक्रममा सहभागी प्रत्येक विद्यार्थीले राइटपाथबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे। विदेश अध्ययन आवेदन शुल्कमा शतप्रतिशत सम्मको छुट दिइएको थियो भने फ्रि मुभी टिकेट समेत प्रदान गरिएको थियो। साथै सहभागी विद्यार्थीहरूले अमेरिकालक्षित २५ हजार सम्मको छात्रवृत्ति अफर र ६ हजार लाग्ने आइएलटीएस २०८१ रुपैयाँमा गर्न पाउने सुविधा पाए।

चर्चित गायिका अन्जु पन्तको उपस्थितिले कन्क्लेभको रौनकता अझै बढेको थियो। उनीसँग फोटो खिच्न सहभागी विद्यार्थीहरू झुम्मिएका थिए।

अध्ययनका लागि क्यानडा जाने सोचमा रहेका एक विद्यार्थीले कन्क्लेभमा सहभागी भएर धेरै फाइदा लिएको बताए। उनले भने, “मैले क्यानडा अध्ययनका लागि आइएलटीएस दिएर बसेको छु। आफ्नो सोच क्यानडा नै जाने भएपनि बजारमा सुनिएका विभिन्न कुराहरूले दुबिधा उत्पन्न भएको थियो। आज युनिभर्सिटीका प्रतिनिधिहरूले नै गाइड गर्नुभएपछि धेरै कुरा बुझियो। अब थप अनुसन्धान गरेर प्रोसेसिङ गर्नेछु।”

अमेरिकाका विभिन्न विश्वविद्यालयहरूबारे अनुसन्धान गरिरहेकी अर्की एक विद्यार्थीले आफ्नो अनुसन्धानलाई राइटपाथले सहयोग गरेकोमा धन्यवाद दिइन्। कुन ठाउँ जानेरु कस्ता शैक्षिक संस्था छान्नेरु कागजात बनाउँदा के गर्नेरु आदि जिज्ञासाहरू मेटिएको उनले बताइन्। उनले यस्ता शैक्षिक मेलाहरूले विद्यार्थीलाई उत्प्रेरित गर्ने र भविष्यमा आउनसक्ने समस्याबाट बचाउने बताइन्।

कन्क्लेभमा भेटिएका अन्य विद्यार्थीहरूले पनि आयोजकलाई सकारात्मक प्रतिक्रिया दिए। भर्खरै प्लस टू को परीक्षा दिएका, भाषा परीक्षा तयारी गरिरहेका, आवश्यक अंक प्राप्त गरिसकेका र आफ्नो रुचि अनुसारको विषय पढ्न संस्था खोजिरहेका सबैले कन्क्लेभमा भाग लिएका थिए।

सहभागी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू पनि राइटपाथको कन्क्लेभमा लागेको भिड देखेर प्रसन्न देखिए। केही प्रतिनिधिहरूलाई सल्लाह लिन आउने विद्यार्थीको भिड व्यवस्थापन गर्न मुस्किल परेको थियो।

‘ग्रान्ड एजुकेसन कन्क्लेभ(२०२४’ को काठमाडौं र धनकुटापछि हेटौडामा भव्य सफलता मिलेकोमा प्रतिक्रिया दिँदै राइटपाथ करियर काउन्सिलिङका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० फिलिप डिसीले सहभागी विद्यार्थीलाई धन्यवाद दिए । उनले गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा बोकेको राइटपाथले आफ्ना हरेक गतिविधिहरूमा विद्यार्थीको अधिकतम हितलाई केन्द्रमा राखेको बताए। कार्यक्रमबाट विद्यार्थीहरूले अधिकतम लाभ लिएको उनले बताए।

त्यस्तै, राइटपाथ हेटौँडाका संचालक मनिष अधिकारीले कार्यक्रम भव्यताका साथ सम्पन्न भएको बताउँदै सहभागीहरुले उत्साहजनक प्रतिक्रिया दिएको बताए। उनले भने, “यो विशेषगरी विदेशिक अध्ययनको लागि जान चाहनेहरूलाई सही तरिकाले काउन्सेलिङ गर्न अन्य ठाउँमा जान नपरोस् भनेर नै हाम्रै हेटौँडामा विभिन्न देशका २० वटा विश्वविद्यालयका प्रतिनिधिलाई एउटै छानामुनि राखेर काउन्सेलिङको व्यवस्था मिलाएका हौं। यसबाट विद्यार्थीहरूले अधिकतम लाभ लिएका छन्।”

कन्क्लेभलाई देशका ७ वटा प्रमुख सहरहरूमा पुर्याउने राइटपाथको तयारी छ। शनिबार काठमाडौँबाट सुरु भएको यो शैक्षिक मेला जेठ ८ गते ललितपुर शाखामा पुगेर समापन हुनेछ। यसबिचमा जेष्ठ ४ गते चितवन, ५ गते बुटवल र ६ गते दाङमा पनि कन्क्लेभ सञ्चालन हुनेछ। यी सबै ठाउँका सहभागीहरूले माथि उल्लेखित अफरहरू प्राप्त गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*