हेटौडा। गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५ लाख रूपैयाँ धरौटीमा रिहा भएका हुन् । कञ्चनपुर जिल्ला अदालतले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि धरौटी रकम बुझाएर उनी बिहिबार साँझ रिहा भएका हुन् । ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले चैत २० गते मा उजुरी दिएकी थिइन् ।
उजुरीपछि ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका थिए ।
सेयर गर्नुहोस्