हेटौडा । मकवानपुर बहुमुखी क्याम्पसले उच्च शिक्षाको सन्दर्भमा राष्ट्रिय सम्मेलनको आयोजनामा गर्दैछ । उच्च शिक्षाका चुनौती, रोजगारमुखी शिक्षा, दीगोपना र कक्षा छाड्ने दर घटाउने मूल विषयमा यही जेठ ११ र १२ गते हेटौंडामा राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएको हो । क्याम्पसले पत्रकार सम्मेलन मार्फत बागमती प्रदेश सरकारले बागमती विश्वविद्यालयको रुपमा विकसित गर्ने निर्णय गरेको मकवानपुर बहुमुखी क्याम्पसले यस सम्मेलनलाई हरेक वर्ष गर्ने र पहिलो वर्षको सुरुवात गर्न लागेको क्याम्पसका प्रमुख डा। यमबहादुर सिल्वालले बताए।
सम्मेलनमा प्रतिस्पर्धी रोजगार बजारमा सफल हुन आवश्यक सीप र ज्ञानयुक्त जनशक्ति उत्पादन गर्ने प्रमुख लक्ष्य रहेको सिल्वालले बताए। हेटौंडामा हुने यस दुई दिवसीय सम्मेलनमा देशभरका ६० भन्दा बढी क्याम्पसका ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता हुनेछ। सम्मेलनले रोजगारी, दिगोपना र विद्यार्थी कक्षा छाड्ने दर घटाउने विषयमा केन्द्रित रहने जानकारी दिएका छन्।