विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दै

हेटौंडा टुडे
२२ जेष्ठ २०८१, मंगलवार १६:३७

हेटौंडा । टी-२० विश्वकप क्रिकेटको यो संस्करणमा नेपालले आज पहिलो खेल खेल्दैछ ।नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससंग खेल्ने भएको हो । खेल नेपाली समय अनुसार राति ९-१५ मा अमेरिकाको डालसमा शुरू हुँदैछ ।
समूह ‘डी’ मा रहेको नेपालले नेदरल्यान्ड्ससँगै श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।नेपाल र नेदरल्यान्ड्सबीच टी- २० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म १२ खेल भएका छन् । नेपाल ५ खेलमा विजयी भएको छ नेदरल्यान्ड्स ६ खेलमा विजयी भएको छ । एक खेल नतिजाविहीन भएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image