मकवानपुरगढी जेसिजद्वारा खेलकुद सामग्री वितरण

हेटौंडा टुडे
२५ जेष्ठ २०८१, शुक्रबार २१:३६

हेटौंडा। मकवानपुरगढी जेसिजले आज मकवानपुरगढीको वडा नम्बर – ३ र वडा नम्बर – ४ रहेका खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । जेसिजले शुक्ररबार खेलकुदमा क्रियासिल रहेका – ३ नम्बर वडा र – ४ नम्बर वडाका खेलाडीहरु, टोल बिकास सस्था र विभिन्न क्लबकाहरुलाई खेलकुद सामग्री वितरण गरेको मकवानपुरगढी जेसिजका अध्यक्ष विजय पुडासैनीले बताउनु भयो । वडा नम्बर – ३ मक्रांचुलीमा रहेको भानु मिनी फूटसालमा जेसिजले करिब एक दर्जन फुटबल बल , क्रिकेट ब्याट ,सहित अन्य सामग्रीहरु हस्तान्तरण गरेको पुडासैनीले बताउनु भयो ।

कार्यक्रमा बोल्दै अध्यक्ष् पुडासैनीले खेलाडीहरुलाई खेलमा प्रेरित गर्नको लागि सिंगो मकवानपुरगढी जेसिज नै सधै भर सहयोग गर्न तयार रहेको बताउनु भयो । पुडासैनीले खेलको क्षेत्र व्यापक ठुलो सम्रभावना रहेकाले यसको माध्यमबाट मकवानपुरगढी जेसिज र पालिकालाई देश तथा विदेसमा चिनाउने खेल क्षेत्रको ठुलो भूमिका रहेको पनि बताउनु भयो ।

मकवानपुरगढी जेसिजको अध्यक्ष विजय पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मकवानपुरगढी जेसिजको सस्थापक अध्क्षय पुष्पराज पुडासैनीको रहेको थियो । कार्यक्रममा श्री भानु माविका अध्यक्ष् खिल प्रसाद चौलागाई , भानु माविका प्रधानाध्यापक राजेन्द्र थापा , श्रीजनसिल समाज बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष् कृष्ण प्रसाद विडारी , मकवानपुरगढी क्रिकेट संघका सचिब रबिन्द्र विक्रम सापकोटा  , देवीडाडा टोल विकास सस्थाका अध्यक्ष् भिम गोले लगायतको , जेसी दिलिप लोप्चन , जेसी उत्तम अधिकारि , जेसी मनोज देवकोटा लगाएतकाको  उपस्थिती रहेको थियो । आज सम्पन्न भएको  खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम जेसी दिलिप लोप्चनको संयोजकत्वमा सम्पन्न भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*