विश्वकप छनोटको दोस्रो चरणमा नेपाल यमनसँग बराबरीमा रोकियो

हेटौंडा टुडे
३० जेष्ठ २०८१, बुधबार १०:२९

हेटौंडा । नेपाल फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा यमनसँग २–२ को बराबरीमा रोकिएको छ । मंगलबार राति साउदी अरेबियामा भएको खेलको इन्जुरी समयअघिसम्म नेपालले २-१ को अग्रता बनाएपनि इन्जुरी समयमा गोल व्यहोरेपछि दोस्रो चरणको अन्तिम खेलमा जित निकाल्नबाट चुकेको हो ।
खेलको नवौँ मिनेटमा अल गहवासीले पेनाल्टीमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । तर, यमनको यो अग्रता लामो समय भने टिक्न पाएन ।

२२ औँ मिनेटमा सञ्जिव विष्टले गोल गर्दै नेपाललाई १-१ को बराबरीमा ल्याएका थिए । ६६ औँ मिनेटमा जिलेस्पीजंग कार्कीले नेपाललाई २–१ को अग्रतामा दिलाएका थिए । तर, इन्जुरी समयमा यमनका अल दाहीले गोल गरेपछि बराबरी हुन पुग्यो । नेपालले छनोटको दोस्रो चरणमा गोल गरेको यो पहिलो पटक हो । यसअघि पाँच खेल खेल्दासम्म नेपाल गोलविहीन र अंकविहीन थियो । अन्तिम खेलमा बराबरीको नजिता निकाले पनि नेपालले छनोटको दोस्रो चरण अन्तिम स्थानमा रहँदै खेल टुंग्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*