सक्रिय महिला उद्योगलाई हेटौंडा उपमहानगरपालिकाको अनुज्ञा पत्र

हेटौंडा टुडे
१२ असार २०८१, मंगलवार १६:५८

हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ मा रहेको सक्रिय महिला उद्योगलाई हेटौंडा उपमहानगरपालिकाले अनुज्ञा पत्र दिएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरि उपमहानगरपालिकाले उद्योगलाई अनुज्ञापत्र दिएको हो । सक्रिय महिला उद्योगले चिप्स र दालमोठको उत्पादन सुरु गरेको छ । उपमहानगरपालिकाको १ लाख रुपैँयाको आर्थिक सहयोगमा उद्योगमा उत्पादन थालिएको उद्योगकी अध्यक्ष अनुराधा उप्रेतीले बताईन् ।   तालिमहरु लिरहनु भन्दा एउटा तालिम लिएर त्यसलाई दिगो रुपमा सदुपयोग हुनेगरि आफुहरु व्यवसायिक रुपमा जाने सोच बनाएको उनले बताईन् ।

‘हामीले केहि सीप गरि आयआर्जन गर्ने सोच बनाएर नगरपालिकाको सहयोगमा दालमोठ र चिप्स बनाउने तालिम लियौ ।  अहिले दश जना दिदिबहिनीहरु सक्रिय रुपमा काम गरिरहनुभएको छ । उनले भनिन्।  कार्यक्रममा विशिष्ट अतिथि हेटौंडा उपमहानगरपालिकाका उद्योग शाखा प्रमुख हिम प्रसाद पौडेलले आउँदो आर्थिक वर्षमा उद्योगलाई प्याकजिङ्का लागि उपयुक्त मेसिन हस्ताणतरण गरिने बताएका छन् । हातेमेसिनको प्रयोग गरेर काम गर्नुपरेको बाध्यात्मक स्थितिलाई हटाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि हेटौंडा–६ का वडाअध्यक्ष विष्णु बहादुर दाहालले चुल्होचौका छाडेर घरको आर्थिकोपार्जनमा महिलाहरु लागिपरेकोमा खुसी व्यक्त गरेका छन् । उद्योग व्यववस्थापनको पाटो सजिलो नभएको भन्दै आफु सधैं सहयोगमा सक्रिय भएर लागिपर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा हेटौंडा–६ का वडाअध्यक्ष विष्णु बहादुर दाहाल, हेटौंडा उपमहानगरपालिकाका उद्योग शाखा प्रमुख हिम प्रसाद पौडेल, उद्योगकी अध्यक्ष अनुराधा उप्रेती, प्रशिक्षकहरु शोभा श्रेष्ठ र सुचना श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*