हेटौडा। बुधबार बिहान ११बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागी उडान भरेको सौर्य एयरलाइन्सको ९एन–एएमई ९सीआरजे २००० जहाज दुर्घटना हुदा १८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ।
बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको जहाज धावन मार्ग छाड्न साथ भुईमा बजारिएको थियो। जहाजमा एयरलाइन्सकै प्राविधिक र कर्मचारी सवार रहेका थिए। जहाजमा चालक दलका सदस्यसहित सौर्यका १९ जना प्राविधिक तथा कर्मचारी सवार थिए जसमा क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको उद्धार गरेर केएमसी अस्पताल लगिएको प्रहरीले जनाएको छ। जहाजमा चालक दलका २ सदस्य सहित १९ सवार रहेको प्राविधिकरणले जनाएको छ।
विमानमा सवार कर्मचारीहरू –अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेको बताइएको छ ।आरिफ विदेशी नागरिक रहेको जनाइएको छ।