हेटौंडा । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर गम्भीर घाइते भएका पाइलट मनीषरत्न शाक्य डिस्चार्ज भएका छन् ।सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत उनी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
शाक्यको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरिएको जनाइएको छ । साउन ९ गते त्रिभुवन विमानस्थलबाट मर्मतका लागि पोखरा उड्ने क्रममा भएको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।
सेयर गर्नुहोस्