हेटौडा । हेटौंडा –११ नवलपुरकी २२ वर्षकी एलिसा भनिने अलिसा न्यौपानेको हत्या गरी फरार रहेका समिर खान भनिने चाँद खाँलाई प्रहरीले पक्राउ गरेको छ । भदौ १० गते सोमबार हेटौंडा–१० बसपार्कस्थित होटल रत्नामा न्यौपानेको हत्या गरी फरार रहेका ३२ वर्षका खानलाई सोमबार साँझ ६ बजेर १० मिनेटमा हेटौंडा–५ लट्टिनाथ मन्दिर एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले जनाएको छ । यसअघि प्रहरीले हत्यारा हेटौंडा–४ कमलडाँडा बस्ने खानलाई भाग्न सहयोग गरेको आरोपमा खानकी आमा ५५ वर्षकी सैरुन खान, श्रीमती २६ वर्षकी रुविना खातुनलाई घट्नाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।
यस्तै खानका ससुरा पर्साको बीरगन्ज महानगरपालिका–३० लालपर्साका ५६ वर्षका लालबाबु खाँ पैठान र जेठान ३० वर्षका फैयाज अहमदलाई पनि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
सेयर गर्नुहोस्