आजदेखि कुलेखानी,सिस्नेरी,दक्षिणकाली सडक १२ दिन बन्द हुने

हेटौंडा टुडे
८ आश्विन २०८१, मंगलवार ०९:००
संकेतिक तस्बिर

हेटौंडा । हेटौंडा-काठमाडौं छोटो दूरीको मार्ग वैकल्पिक कुलेखानी,सिस्नेरी,दक्षिणकाली सडक १२ दिन बन्द हुने भएको छ । ललितपुरको दक्षिणकाली नगरपालिकाले सोमबार सूचना जारी गर्दै आजदेखि १२ दिन सवारी आवागमन बन्द रहने जनाएको हो ।
दक्षिणकाली–छैमले खण्डमा कालोपत्रेको काम गर्न सवारी चापका कारणले कठिनाइ भएकाले असोज १९ गतेसम्म सवारी संचालनमा रोक लगाइएको जनाइएको छ ।यो अवधीमा साधनलाई वैकल्पिक मार्गबाट संचालन गर्न समन्वयका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*