हेटौंडा। विगत ३ दिनदेखि अविरल वर्षाका कारण पहिरो जाँदा शनिबार बिहानबाट मकवानपुरमा पुर्व पश्चिम राजमार्ग र धरान चतरा सडकखण्ड बाहेक सबै राजमार्ग अवरुद्ध बनेका छन्। पहिरोका कारण सिस्नेरी, फाखेल, कान्तिलोकपथ र त्रिभुवन राजपथ पनि अवरुद्ध बनेको हो। त्रिभुवन राजपथ अन्तर्गत थाहानगर ५ र अन्य २ स्थानमा पहिरो जाँदा दामान हुदै काठमाडौँ जोड्ने मार्ग अवरुद्ध भएको हो।
मकवानपुर प्रहरीले जनाए अनुसार थाहानगर ५ कुन्छाल मा रुख ढलेको लेदो माटो खसेको, नैखण्डेमा र दामनमा पहिरो खसेकोले बाटो अवरुद्ध बनेको जनाएको हो।इलाका प्रहरी कार्यालय पालुङका अनुसार डोजरले पहिरो पन्छाउने काम भइरहे पनि निरन्तरता पानी परिरहेकोले तत्काल सडक खुल्ने सम्भावना भने कम रहेको जनाइएको छ। यो समाचार तयार पर्दा सम्म पुर्व पश्चिम राजमार्ग र धरान चतरा खण्ड मात्र संचालनमा रहेको छ।
सेयर गर्नुहोस्