हेटौंडाबाट काठमाडौं जाने सबै बाटो बन्द

हेटौंडा टुडे
१२ आश्विन २०८१, शनिबार ०९:४८

हेटौडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सबै बाटो बन्द भएको छ । बिहीबारबाट परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा हेटौंडाबाट काठमाडौं जाने लामो तथा छोटा दुरीका सबै बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रहरीका अनुसार, पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–काठमाडौं, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध बनेको हो ।

प्रहरीले पहिरो पन्छाउन स्थानीय तह, सडक विभागसँग समन्वय भइरहेको भन्दै निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*