हेटौडा बाट काठमान्डौ जाने त्रिभुवन राजपथ सडक खण्ड एक तर्फी सुचारु

हेटौंडा टुडे
१३ आश्विन २०८१, आईतवार २०:२३

हेटौडा । केहि दिन देखि परेको अविरल बर्षाका कारण हेटौडाबाट काठमाडौँ जोड्ने सबै सडकहरू बन्द भए संगै आज साझ देखि त्रिभुवन राजपथ सडक खण्ड अन्तर्गत चित्लाङ हुदै चन्द्रागिरीबाट काठमाण्डौ सडक एक तर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहीबार देखि भएको अविरल वर्षाका कारण पहिरोले हेटौँडा र काठमाडौँ जोड्ने लामो तथा छोटा दुरीका सबै सडकहरू बन्द भएका थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*