प्रचण्ड शनिबार थाहा नगर आउने, तयारी तिब्र

हेटौंडा टुडे
२२ कार्तिक २०८१, बिहीबार १०:१३

हेटौडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कात्तिक २४ गते शनिबार थाहा नगरको पालुङमा आउने भएका छन् ।
माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलन उद्घाटन गर्न प्रचण्ड थाहा नगर आउने भएका हुन् । पार्टी अध्यक्ष प्रचण्डको स्वागत तथा वाईसिएल नेपाल थाहानगरको दोस्रो सम्मेलनलाई सफल पार्न नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीसहितका भातृ संगठनहरुले तयारीलाई तीब्र बनाएका छन् ।

प्रचण्डले कात्तिक २४ गते शनिबार थाहा नगरको ईन्द्रायणी चौरमा हुने सम्मेलन उद्घाटन सत्रको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष विनोदकुमार लामाले बताए । अध्यक्ष लामाका अनुसार प्रचण्डले पूर्व जममुक्ति सेना, शहीद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने र पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

सम्मेलनलाई भव्यताकासाथ सफल बनाउन तीब्र तयारी गरिएको माओवादी केन्द्र थाहा नगर सचिव लक्ष्मण बिष्टले बताए । सचिव लक्ष्मण बिष्टले पार्टी र भातृ संगठनका टोल कमिटी, वडा कमिटी, पालिका कमिटीलाई क्रियाशिल बनाएर सबै प्रकारको तयारीमा जुटिरहेको जानकारी दिए ।स्थलमार्ग अन्तरगत थानकोट–चित्लाङ ९गणेशमान सिह मार्ग भएर आउने अध्यक्ष प्रचण्डलाई चित्लाङमा पञ्चकन्या सहित स्वागत गरिने र थाहा नगरपालिका वडा नं. ६ बज्रबाराही सरस्वती बजारमा स्वागत गर्दै मोटरसाईकल ¥यालीसहित प्रचण्ड कार्यक्रम स्थल पालुङ आईपुग्ने कार्यक्रम रहेको माओवादी केन्द्र थाहा नगरकमिटीले जनाएको छ । कार्यक्रम स्थल प्रवेश बिन्दु गोपाली गाउँबाट इन्द्रायणीचौरसम्म विभिन्न झाँकी, बाजासहित पदैल ¥यालीको तयारी गरिएको गरिएको छ । ¥यालीमा महिला पञ्चेबाजा, तामाङहरुको झाँक्रीरढ्याङ्ग्रो नाँच, महिलाहरुको खैजडी भजन, गोपालीको बासुरी बाजा, नेवारहरुको धिमे बाजासहित विभिन्न झाँकीले अध्यक्ष प्रचण्डको स्वागत गर्ने तयारी रहेको छ । त्यस्तै सम्मेलनको तयरी अन्तरगत उद्घाटन स्थल ईन्द्रायणी चौरको सरसफाई, स्वागतद्वार निर्माण, प्रचारप्रसार, स्वागत ब्यानर राख्ने कार्य भईरहेको प्रेस सेन्टर थाहा नगर कमिटी अध्यक्ष शम्भु अधिकारीले बताए । सम्मेलनले वाइसिएल थाहा नगर कमिटीको नयाँ नेतृत्व चयन गर्ने वाइसिएल थाहानगर अध्यक्ष मानसिं दोङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*