यसरी गर्नुहोस जाडोमा छालाको हेरचाह

हेटौंडा टुडे
१२ मंसिर २०८१, बुधबार १२:०६

 
हेटौडा । जाडोमा कपडाले ढाकेर पनि हात खुट्टाका छालालाई चिसो हावाबाट जोगाउन सकिन्छ । तर अनुहारमा के गर्ने चिसो हावाका कारण अनुहार फुस्रो हुन थाल्छ । यस्तो अवस्थामा अनुहारको नाजुक छालामा साबुन प्रयोग गरियो भने छाला झनै रुखो हुन्छ । यी प्राकृतिक चीजहरूको प्रयोगले तपाईँ आफ्नो अनुहारलाई साबुनमा पाइने रसायनहरूबाट सुरक्षित राख्न सक्नु हुनेछ ।जाडो मौसममा छाला धेरै सुख्खा र फुस्रो हुन्छ । एक चम्चा दूधमा आधा चम्चा मह मिसाएर अनुहारमा लगाउनुस् र हल्का हातले मसाज गर्नुस् । त्यसपछि मनतातो पानीले मुख धुनुस् । यी दुवै कुराले छालालाई नरम बनाउने काम गर्छ ।बेसन र दही

बेसन र दही हरेक भान्सामा उपलब्ध हुन्छन्१–२ चम्चा बेसनमा १ चम्चा दही मिसाउनुस् । यसलाई राम्ररी मिसाएर पेस्ट बनाउनुस् अनि अनुहारमा लगाउनुस् । बिस्तारै बिस्तारै स्क्रब गर्नुस् । बेसन र दहीको पेस्टले छालालाई मुलायम राख्न राख्न मद्दत गर्छ ।

ओट्स र दूध

ओट्सलाई पिस्नुस् अनि त्यसमा दूध हालेर पेस्ट बनाउनुस् । यसलाई अनुहारमा लगाउनुस् । ५ मिनेट पछि मुख धुनुस् । यसले छालालाई एक्सफोलिएट गरी नरम बनाउँछ । यसको प्रयोगले छाला पनि चम्किलो हुन्छ ।

एलोवेरा जेल

यसलाई प्रयोग गर्न निकै सजिलो छ । सबैभन्दा पहिले ताजा एलोभेरा लिनुस् र यसबाट जेल निकालेर सिधै अनुहारमा लगाउनुस् । १० मिनेटपछि धुनुस् । एलोवेरा जेलले छालालाई हाइड्रेट गर्छ ।

नरिवल तेल वा बदाम तेल

सुत्नुअघि नरिवल वा बदामको तेल अनुहारमा बिस्तारै लगाउनुस् । यसले प्राकृतिक मोइस्चराइजरको रूपमा काम गर्छ अनि छालालाई गहिरो पोषण दिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*