हेटौडा । रामेछापमा सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ । शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो दुर्घटना भएको हो ।
दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा सवार ८ जना मध्ये तीन जना लाई उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ ।
सेयर गर्नुहोस्