हेटौंडा । ग्रिन फाउण्डेसन नेपालको आयोजनामा हेटौंडामा उद्यमी समुह र सञ्चारकर्मीहरुबीच अन्तरसंवाद कार्यक्रम भएको छ । समुहका सचिव शान्ती कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका केन्द्रीय प्रतिनिधि आरती पाठकले स्वागत र कार्यक्रमको उदेस्यका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाँई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायताले उद्यमी महिलाहरुले गरेको कामका विषय आफुहरुका लागि समाचारका विषय भएको बताएका छन् ।
कार्यक्रममा श्रमजिवी महिला काष्ठकला उद्योगका अध्यक्ष विष्णु कुमारी राइ, कन्चनजंङ्गा कृषि सहकारी लघुउद्यम उद्योग सहकारीका अध्यक्ष चिनीमायाँ गुरुङ, वनकरिया तथा चेपाङ महिला सावुन उद्योगका अध्यक्ष सन्तोषी वनकरिया, बेसार उद्योगका अध्यक्ष विन्दा लामिछाने लगायतकाले आफुहरुले स्वरोजगार बन्नका लागि गरेको उद्यमका विषयमा मकवानपुरका सञ्चारकर्मीहरुलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा नेपा पत्रकार महासंघ बागमती प्रदेशबाट निर्वाचित र जिल्ला पत्रकार महासंघबाट निर्वाचित कार्यसमितिलाई खादा र माला लगाएर सम्मान गरिएको थियो ।