चिसोका कारण  शैक्षिक संस्था ३ दिन बन्द

हेटौंडा टुडे
२४ पुष २०८१, बुधबार १२:५४

हेटौडा ।  केहि दिन देखि बढेको चिसो र सितलहरका कारण  वीरगञ्जका शैक्षिक संस्था ३ दिन बन्द हुने भएको छ । वीरगन्ज महानगरभित्र अत्यधिक चिसो बढेसँगै महानगरभित्रले नगर भित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । महानगरका शिक्षा अधिकृत हरि राउतले  सूचना जारी गर्दै बाक्लो हुस्सु र शीतलहरका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले महानगरले पुस २४ देखि २६ गतेसम्म ३  दिन सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिने निर्णय गरेको महानगरका सुचना अधिकारी  सुनिल कुमार कर्णले  जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image