काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु

हेटौंडा टुडे
२८ पुष २०८१, आईतवार १३:२६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान काठमाडौँ जिल्ला अदालतमा सुरु भएको छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा  जिल्ला अदालतमा आफैँ हाजिर भएको उनको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलास तोकिएको छ।

बयानका लागि उनी बिहान ९ बजे नै अदालमा उपस्थित भएका थिए। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते धरौटीमा रिहा भएपछि पुस २६ गते साँझ काठमाडौँ आइपुगेका रवि भोलिपल्ट बिहानै काठमाडौँ जिल्ला अदालत  उपस्थित भएका हुन् ।

स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुन विपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ । सरकारी वकिल कार्यालयले रविलाई सो रकम बिगो मागदाबी गरेर मुद्दा दायर गरेको हो ।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ। ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*