हेटौंडा । ्हेटौंडामा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा उमहानगरपालिका वडा नम्बर १२ खेलकुद विकास समितिको आयोजनामा प्रथम हेटौंडा १२ वडाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको हो। मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराइएको थियो ।
खेलकुद विकास समितिका संयोजक दिनेश चौलागाईले पहिलो पटक नगर स्तरीय खुला वडाध्यक्ष कप भलिबलको आयोजना गर्न लागिएको बताए । वडा १२ मा रहेको बुद्ध माध्यामिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको आयोजना रहने जनाइएको छ । वडातहमा पत्राचार गरि सक्यौं, सम्पूर्ण तयारी सकिसकेपछि माघ १६ गतेबाट प्रतियोगिता सुरु गरिने संयोजक चौलागाईले बताए ।
प्रतियोगितामा विजेताले ५० हजार राशी सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक चौलागाईले बताए । विजेता पुरस्कार राशी तुलसी मेहर मेमोरियल आवासीय माध्यामिक विद्यालय तथा नारायणी कलेजले प्रायोजन गरेको उनले बताए । वडाबाट एक लाख २५ हजार बजेट विनियोजन गरिएको छ भने बाकीँ अन्य लाग्ने खर्चहरु स्थानीय समाजसेवीहरुबाट प्राप्त गरिने प्रतियोगिता संयोजनक मनोज स्याङ्तानले बताए । प्रतियोगितामा करिब तीन लाख खर्च हुने अनुमान रहेको बताउँदै स्याङ्ताने भने हाहीले विधागत रुपमा पनि विभिन्न खेलाडीहरुलाई पुरस्कृत गर्दछौं ।
प्रतियोगितामा करिब १३ टिमको सहभागिता हुने अनुमान आयोजकको रहेको छ । नगर स्तरीय भए पनि टिममा वडा भन्दा बाहिरका बढीमा ३ जना खेलाडीलाई समावेश गराउन सकिने स्याङ्तानले बताए ।
पत्रकार सम्मेलनमा खेलकुद विकास समितिका संयोजक दिनेश चौलागाई, तुलसी मेहर मेमोरियल आवासीय माध्यामिक विद्यालयका अध्यक्ष आशिष श्रेष्ठ, प्राचार्य रघुनाथ खराल, प्रतियोगिता संयोजक मनोज लामा स्याङ्तान लगायतको सहभागिता रहेको थियो ।