हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ माघ ११ गते शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १ लाई बालमैत्री वडा घोषणा गर्न लागिएको वडाका वडाअध्यक्ष सविन न्यौपानेले बताए ।मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै वडा अध्यक्ष न्यौपानेले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४७ वटा सुचकहरु १०० प्रतिशत र बाँकी ४ वटामा आवश्यक न्युनतम प्रतिशत नतिजा हाँसिल भएको बताए ।वडामा घरधुरी तथ्यांक संकलन २०७९ अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या २ हजार १४ रहेको छ । जसमा १ हजार ४५ बालक र ९ सय ६९ बालिका रहेका छन् ।
वडामा सामुदायिक,सँस्थागत र बाल विकास केन्द्र सहितका ६ वटा विद्यालयहरु सन्चालनमा रहेका छन् ।साथै समुदाय स्तरमा १८ वटा बालसमुहरु , र १ वडा बाल सञ्जाल रहेको छ । जसमा ३ सय ६३ जना बालबालिकाहरु आवद्ध रहेका छन् ।यस अभियानमा ८ बालविवाह रोकिएको छ भने विभिन्न बालश्रमिकको उद्वार गरि पारिवारिक मिलन समेत गरिएको छ ।
वडामा बालअधिकार समिति, बालसमुहहरु, बालसमुह सञ्जाल, टोलविकास सस्थाहरु, युवा क्लब, आमा समूह, वन समुह साथै विभिन्न सामुदायिक सस्थाहरु क्रीयाशिल छन् ।यसाघि यस वडालाई पुर्ण खोप वडा, पुर्ण साक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा गरिसकिएको छ ।