
हेटौडा। निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा भोलि फागुन ६ गते मंगलबारबाट हेटौंडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सुरु हुन लागेको छ । फागुन ६ गते देखि १८ गतेसम्म टिसीएन चौरमा हुने मेलाको फागुन ६ गते पहिलो दिन फ्रि टिकटको रहेको निर्माण व्यवसायी संघ, मकवानपुरका अध्यक्ष बालगोपाल कडेँलले जानकारी दिए । साथै निर्माण तथा व्यापार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको कडेँलले बताए ।
निर्माण व्यवसायी संघ, मकवानपुरको आयोजनामा हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गर्न नेपाल सरकारका गृहमन्त्री रमेश लेखक हेटौंडा आउने भएका हुन् । महोत्सवको उद्घाटन गृहमन्त्री लेखकले गर्ने निर्माण व्यवसायी संघ, मकवानपुरका कडेँलले जानकारी दिए ।
मेला प्रवेसमा ७ गतेबाट भने विद्यार्थीलाई ५० रुपैंया र अन्यव्यक्तिलाई लाई रु ७० रुपैंया टिकट शूल्क रहेको आयोजकले जनाएको छ हेटौंडा–१० टिसिएन चौरमा हुने महोत्सवमा करिब ३ सय स्टल रहने महोत्सवमा बाल उद्यान, विभिन्न खानाको परिकार, लगाएतका सामाग्रीहरु रहने अध्यक्ष कडेँलले जानकारी दिए । साथै हरेक दिन राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुती रहने छ । र मेला अवधि भर २ दर्जन बढी राष्ट्रिय कलाकारको प्रश्तुती रहने छ महोत्सवमा चर्चित कलाकारहरु ७ गते सुगम पोखरेल र उनको ब्याण्ड तथा १४ गते राजु लामा नेतृत्वको मंगोलियन हार्ट ब्याण्डको प्रश्तुती रहने आयोजकले बताएको छ । चर्चित कलाकारहरु पशुपति शर्मा, दुर्गेश थापा, शान्तिश्री परियार, एलिना चौहान, रचना रिमाल, विश्व दोङ, अस्मिता अधिकारी, उर्गेन दोङ, कमल खत्री, शान्तिरानी परियार, रमेशराज भट्टराई, जिबब, पुस्कल शर्मा, राजु परियार, ज्योति मगर, हेमन्त शर्मा, प्रिति आले लगायतको प्रश्तुती रहने आयोजकले जानकारी दिएको छ । ‘प्रत्येक दिन ३ देखि ५ जना राष्ट्रिय कलाकारहरुको विशेष सांगीतिक प्रश्तुती रहनेछ’, महोत्सवको प्रचारप्रसार समितिका संयोजक समेत रहेका संघका उपमहासचिव सुरज बर्तौलाले बताउनु भयो

