मकवानपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

हेटौंडा टुडे
२८ फाल्गुन २०८१, बुधबार ११:०२

हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका-४, जुरेली बजारस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ जुरेलीमा हात्तिसुडे बाट ठुलोदमार तर्फ जादै गरेको बा ४० प ५३०६ नम्बरको मोटरसाइकल पल्टिदा स्थानीय अन्दाजी ३३ वर्षीय रूपक दियालीको ज्यान गएको हो।

सडकको घुम्तिमा मोडने क्रममा आफै अनियन्त्रित भई मोटरसाइकल पल्टिको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। गम्भीर घाइते उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा  बिहान साँढे ४ बजे चेकजाँच गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।  घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image