
हेटौंडा । वागमती प्रदेशसभाको बैठक आज बस्दैछ । मंगलबार साँझ सूचना टाँसेर स्थगित भएको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको हो । सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच बजेटमाथिको विवाद टुंगो नलागेका कारण मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक बुधबारसम्म सारिएको थियो ।
सरकारले विगतमा गरेका सहमतिलाई कार्यान्वयनमा ल्याउनुपर्ने अडान राख्दै प्रतिपक्ष दलहरूले बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि उनीहरूसंग छलफल भइरहेको छ ।


सेयर गर्नुहोस्