मकवानपुरगढीमा चितुवा र बाघको आतंक, स्थानीयवासी त्रसित

हेटौंडा टुडे
२० चैत्र २०८१, बिहीबार २२:४०

हेटौडा । केही दिन अघि देखि डिभिजन वन कार्यालय मकवानपुरले मकवानपुरगढीको वडा नम्बर ३ र ४ मा चितुवा र बाघको मुभमेन्ट देखा परेको भनेर सतर्क रहन गाउबासि तथा सर्वसाधरणलाई आग्रह गरे संगै सो क्षेत्रका स्थानीयवासी त्रसित बनेका थिए । केहिदिन अगी मात्र चितुवाले ३ र ४ नम्बर वडामा गाई , बाख्रा, घर पालुवा कुकुरलाई आक्रमण गरेर सकेको थियो । जुन घटना स्थानियबासीहरु त्रसित भैरहेका छन् । साथै हिजो बुधबारनै मकवानपुरगढी ६ मा बाघले बाख्रा मारेको थियो भने आज बिहीबार साँझ मकवानपुरगढी ३ का स्थानीय विशाल लुङ्वा चितुवाको आक्रमण गरेको छ । उनले सामाजिक सञ्जाल मार्फत आफू मोटरसाइकलमा घर फर्कने क्रममा मकवानपुरगढी ३, कालीखोलामा चितुवाको आक्रमणमा परेको बताएका छन्। चितुवाले आक्रमण गर्दा चितुवा मोटरसाइकलसँग ठोक्किएपछि चितुवा जंगलतर्फ भागेको र आफु जोगिन सफल भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image