काभ्रेमा एकैपटक चार वटा हेलिकप्टर धानखेतमा आकस्मिक अवतरण, सबै यात्रु सकुशल

हेटौंडा टुडे
३१ भाद्र २०७६, मंगलवार ११:०५

सोलुखुम्बुको लुक्लाबाट काठमाण्डौ उडेका चार वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ ।

मौसममा खराबी आएपछि सिम्रिक एयरका २ वटा, मनाङ एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले  जानकारी दिनुभयो ।

चारवटा हेलिकप्टर पाँचखाल नगरपालिका–२ मा धानखेतमा अवतरण भएका छन् ।

हेलिकप्टर अवतरण भएको ठाउँमा पुग्नुभएका प्रहरी निरीक्षक (इन्सपेक्टर) रुपाल अधिकारीका अनुसार मनाङको एउटा र सिम्रिकका २ वटा हेलिकप्टरमा ६/६ जनाका दरले १८ जना र कैलाश हेलिकप्टरमा ३ जना गरी २१ जना यात्रु सवार रहेका थिए ।

हेलिकप्टरमा केही विदेशी यात्रु पनि रहेको उहाँले जानकारी दिनुभयो । सबै यात्रु सुरक्षित रहेका छन् । मौसममा सुधार आएपछि हेलिकप्टर काठमाण्डौका लागि उड्ने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

साभार-unn.com.np

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*