हेटौंडामा विश्व शान्ति फुर्वा पूजा सुरु

हेटौंडा टुडे
१५ आश्विन २०७६, बुधबार २१:४८

हेटौंडा. असोज १५

 

हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरामा रहेको जिग्तेन शिवा छेथारलिङ गुम्बामा आजबाट विश्वशान्ति तथा फुर्वा पूजा शुरु भएको छ ।

सनोपोखारा स्थित गुम्बामा आज भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथी हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बुद्धधर्म अहिले बिश्वब्यपीकरण रहेको बताउदै यहाले भन्नुभयो  हामीले आफ्नो परिवार लगायत पदियक्रम त्याग्न सकिरहेको छैन, तर भगवान बुद्धले आफ्नो राजकाज नै त्याग गरे, शान्तिको सन्देश फैलाए अनि बुद्धत्व प्राप्त गर्नु भएको छ । भारतको देराहदुनबाट आउनु भएको धर्मगुरु ज्ञान बज्र रेम्पोर्छेको नेतृत्वमा तिन दिन सम्म फुर्बा पुजा पाठ हुने छ । उक्त पुजापाठ लगायत गुम्बाको भौतिक संरचना निर्माणको लागि उपमहानगरले सकेको सहयोग गर्ने समेत प्रतिबद्धता उहाँले हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले ब्यक्त गर्नुभयो ।

त्यस्तै, तिन दिन सम्म हुने विश्वशान्ति तथा फुर्वा पूजामा आइपुग्नु भएको धर्मगुरु ज्ञान बज्र रेन्पोर्छेले आफ्नो परिचय संगै फुर्बा पुजाको महत्वको बारे प्रस्ट पर्नु भएको थियो । गुम्बा ब्यबस्थापन समितिको अध्यक्ष डोल्मा स्याङ्बोको अध्यक्षतामा भएको कार्यक्रम उपमहानगरको जनप्रतिनिधि, स्थानीय बुद्धिजिबी, बुद्धधर्मलम्बीहरु सहभागी थिए ।

बुधबार बिहान हेटौडाको सामना होटलबाट धर्मगुरु ज्ञान बज्र रेन्पोर्छेलाई संगै लिएर सिमा चोक, बुद्धचोक, कान्तिराजपथ हुदै गुम्बा रहेको स्थान सनोपोखारा बेलाडाँडा सम्म र्याली गरिएको थियो । बिश्वमा रहेको प्राणी जगतको रक्षा र शान्तीको लागि दैनिक पूजापाठ, प्रबचन र वाङ अभिषेक गर्नु हुने आयोजकले जनाएको छ । १६ र १७ गते दुइ दिन फुर्बा पुजा सम्बन्धी पुजा पाठ हुने छ भने असोज १८ गते धर्म गुरु ज्ञान बज्र रेम्पोर्छेबाट प्रबचन र वाङ अभिषेक गरि सम्पूर्ण कार्यक्रम सम्पन्न हुने प्रचारप्रसार समितिको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*