मनहरी गांउपालिकामा २ अर्वको कागज फ्याक्ट्री स्थापना गर्ने तयारी

हेटौंडा टुडे
२९ आश्विन २०७६, बुधबार २२:१७

असोज २९ , हेटौडा

मकवानपुरको मनहरी गाउपालिकामा प्रदेश सरकारले २ अर्वमा कागज फ्याक्ट्री स्थापना गर्ने भएको छ । प्रदेश–३ सरकारले निजी क्षेत्र संगको साझेदारीमा कागज फ्याक्ट्री स्थापना गर्ने तयारी गरेको हो । निजी क्षेत्र संगको साझेदारीमा कागज फ्याक्ट्री खोल्ने तयारी गरिएको वताउँदै मन्त्री नेपालले भन्नुभयो–‘सरकार मात्रैले उद्योग खोल्दा अरु सरकारी उद्योगको जस्तो हालत हुने भएकाले निजी क्षेत्र संगको साझेदारीमा उद्योग खोल्ने मोडालिटी वनाउँदै छौ । त्यसमा सरकारको पनि शेयर रहने र निजी क्षेत्रको पनि शेयर राखेर कम्पनि तयार गरेर काम गर्न लागिएको बताउनु भयो ।

मनहरी गाउपालिकामा कागज उद्योग स्थापनाका लागि तयारी गरिएको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिए । बहुवर्षिय योजनामा राखेर काम गर्ने तयारी गरिएको हो । चालु आर्थिक वर्षमा कागज फ्याक्ट्रीको डीपीआरका लागि ५० लाख उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले छुट्याएको छ । कागज फ्याक्ट्री कसरी खोल्ने भन्ने  छलफल पनि तिब्र रुपमा अगाढी वढाइएको बताउनु भएको छ  ।

यो खबर असोज २८ गते  मंगलबार  जनपत्र अनलाईखबरमा हरि हुमागाईले लेखेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*