NTC को सस्तो अफर

नेपाल टेलिकमको सस्तो अफर १० रुपैयाँमा १०० मिनेट कल

हेटौंडा टुडे
३० आश्विन २०७६, बिहीबार २३:२६

असोज ३० , हेटौडा

नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक अफर  असोज ३० गते  देखि ९० दिन सम्म लिन सकिने व्यवस्था गरिएको  जनाएको छ ।

यसअघि उपलब्ध प्याकलाई परिमार्जन गरी अझै  आफ्ना ग्राहकमैत्री बनाइएको र डे डाटा प्याकअन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ  त्यस्तै डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने ब्यबस्था छ ।

पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकअन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भएपनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेदेखि नै दिईदै आएको अरु बिभिन्न प्याकहरु भने पहिलेझै निरन्तरर्ता  दिइएको छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ र कम्पनीको वेबसाइट  www.ntc.net.np  मार्फत यससम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*