डिएसपी भट्टराई सहित प्रहरि टोलि पुगे राक्सिराङ्गमा गाँजाखेती नष्ट गर्न , फोटो फिचर सहित

हेटौंडा टुडे
२१ कार्तिक २०७६, बिहीबार १८:२८

कार्तिक २१,  हेटौडा

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरको डिएसपी यज्ञ प्रसाद भट्टराइको नेतृत्वमा आज मकवानपुर प्रहरीले अवैध रुपमा लगाईएको गाँजा खेती नष्ट गर्न विकट क्षेत्र राक्सिराङ्ग गाउँपालिका पुगेको छन ।

राक्सिराङ्ग गाउँपालिकाको विभिन्न क्षेत्रमा लगाईएको गाँजा खेती नष्ट गर्ने क्रममा आज मकवानपुरका डिएसपी भट्टराई, इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी प्रमुख शंकर श्रेष्ठ लगायतको प्रहरी टाली गाँजा खेती नष्ट गर्न सो गाउँपालिकामा पुगेको हो । त्यस्तै आज राक्सिराङ्गको वडा नम्बर–१ सबरा र बेल्टारको गल्छिराङ्गमा गरी करीब साढे तीन बिगाहमा लगाईएको गाँजाखेती नष्ट गरेको छ ।

 

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट ३० जना, इलाका प्रहरी कार्यालय मनहरीबाट १५ जना, सशस्त्र प्रहरी बलबाट २१ जना, दङ्गा नियन्त्रण प्रहरी गणबाट १५ जना गरी ८१ जना प्रहरी आजबाट ५ दिनसम्म सो क्षेत्रमै रहने गरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जनाएका छन् ।

प्रहरीले गाँजा फडानीका साथै स्थानीयहरुलाई गाँजा खेतीबाट समाजमा हुने नकारात्मक प्रभाव र प्रचलित कानूनका बारेमा जनचेतनामूलक कार्यक्रम समेत गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*