हेटौंडाका रङ्ग पत्रकार मणिराज गौतम काठमाडौंमा भए सम्मानित

हेटौंडा टुडे
२० मंसिर २०७६, शुक्रबार २१:२२

मंसिर २०, हेटौंडा

रेडियो थाहा संचारका स्टेशन म्यानेजर मणिराज गौतम आज काठमाडौंमा सम्मानित भएका छन् । आठौं म्युजिक खबर म्युजिक अवार्डको कार्यक्रमा पत्रकार गौतमलाई म्युजिक खबर मोफसल रङ्ग पत्रकारिता २०७६ बाट सम्मानित भएका हुन् । उनलाई चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराई, वरिष्ठ गीतकार रत्नशमसेर जवरा,वरिष्ठ कलाकार बशुन्धरा भुसाल लगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रदेश नम्बर तिनको राजधानि हेटौंडालाई कर्मथलो बनाएर करिब डेढ दशक देखि रङ्ग पत्रकारितामा कलम चलाएका सञ्चारकर्मी गौतम २०६० सालबाट पहल साप्ताहिकमा रङ्ग पत्रकारिताको माध्यमले अगाडी बढेका उनि फिल्मीखबर साप्ताहिक हुँदै थाहा संचारमा समेत रंग पत्रकारिता गरिरहेका छन् र हाल रेडियो थाहा संचारका स्टेशन म्यानेजरका रुपमा कार्यरत छन ।

उनले हाल सम्म चलचित्र पत्रकार संघ केन्द्रीय समितिले प्रदान गर्ने राष्ट्रिय पत्रकारिता अवार्ड, चलचित्र पत्रकार संघ मकवानपुरबाट सम्मान, इन्भेस्टिगेशन जर्नालिजम अवार्ड, पत्रकारिता पुरस्कार, नेशनल पावर न्युज म्युजिक पत्रकारिता अवार्ड लगायत विभिन्न पुरस्कार तथा सम्मान पाइसकेका छन् । उनी चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष र प्रेस युनियन मकवानपुरका उपाध्यक्ष हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*