८पुस,हेटौंडा
थानाभ¥याङ्गमा ४२ करोड ४९ लाख रुपैयाँ लगानीमा प्रदेश स्तरको तरकारी तथा फलफूलको थोक वजार निर्माण गर्न लागिएको छ । हेटौंडा ११ थानाभ¥याङमा तरकारी तथा फलफूलको थोक वजार निर्माण गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । प्रदेस सरकारको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण गर्न लागिएको हो । दुईवर्ष भित्रमा काम सक्नेगरी निर्माण गर्ने तयारी भएको मेयर महतले वताउनुभयो । तरकारी तथा फलफूल वजारको डीपीआर सम्वन्धी छलफल कार्यक्रम समेत सोमबार हेटौंडामा भएको छ । प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयमा छलफल कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको सवै भन्दा ठुलो योजना रहेको वताउनुभयो । सवैकुरा आधुनिक र वैज्ञानीक ढंगले निर्माण गर्न लागिएको वताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘नेपालको सन्दर्भमा ठुलो र नयाँ काम भएकाले यसलाई निर्माणमा प्रदेश र स्थानीय सरकार लागेको वताउनुभयो । प्रदेशको अर्थतन्त्रलाई समेत वढावा दिने योजना रहेको उहाँले वताउनुभयो ।
साभार:onlinepatra