नविकृत सदस्यहरुलाई चुरेहिलले छुट दिँदै

हेटौंडा टुडे
११ पुष २०७६, शुक्रबार १७:२१

११ पौष हेटौंडा,

मकवानपुर उद्योग वाणिज्य संघ र चुरेहिल अस्पताल प्रालि बिच छुट सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता पत्र आदनप्रदान गरिएको छ ।
हेटौंडा ११ मा रहेको चुरेहिल अस्पतालले उपचार गर्दा लाग्ने शुल्कहरुमा विभिन्न छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता पत्र आदानप्रदान भएको हो ।

सम्झोता पत्र अनुसार, अस्पतालले संका सबै सदस्यहरुलाई ओपिडी बाहेकको उपचार सेवामा छुट प्रदान गर्ने छन् । जसमा ल्याबारेटरी शुल्कहरुमा १५ प्रतिशत, औषधी शुल्कमा सात प्रतिशत र अन्य सेवा शुल्कहरुमा १५ प्रतिशत छुट दिने भएको हो ।
सेवा लिन आउने सदस्यहरुले संघका नविकृत सदस्य भएको कार्ड बोकेर आउनुपर्ने पत्रमा उल्लेख गरिएको छ । नविकृत नभएका सदस्यहरका लागि उतm सुविधा प्रदान नगरिने बताईएको छ । त्यस्तै संघका नविकृत सदस्यहरुको एकाघरमा आश्रित परिवारलाई पनि यो सुविधा प्रदान गरिनेछ । त्यसका लागि नाता प्रमाणितहुने कागजात अनिवार्य पेश गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।
त्यसैगरि नेपाल सरकारको बीमा कार्यक्रममा सहभागी भएका सदस्यहरुको हकमा यो सुविधा लागु नहुने लेखिएको छ । यस सेवा तथा सुविधाको लागि संघलेनै सदस्यहरुलाई प्रचानरप्रसार गराउने भनिएको छ । यस सम्झौता पत्र तीन वर्षमा नविकरण हुनेछ ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट र यता अस्पतालका अध्यक्ष गोकर्ण पराजुली, प्रशासन प्रमुख विवेक मानन्धर, व्यवस्थापक सुरेन्द्र बडु बिच सम्झौता पत्र आदानप्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*