कालीदेवी दुग्ध उत्पादक सहकारी सस्थां लि २५ औ भेला सम्पन्न

हेटौंडा टुडे
१ माघ २०७६, बुधबार ०८:२९

माघ १ , हेटौडा

श्री  कालीदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ । मकवानपुरगढी वडा नम्बर ४ कालिखोलामा अबस्थित उक्त सहकारि सस्थांको अध्यक्ष अर्जुन प्रसाद सापकोटा सभा अध्यक्षतामा सम्पन्न भएको थियो ।  कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामी , बिशेष अतिथि गाउँ पालिका ३ का वडा अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, त्यस्तै अतिथिहरुमा मकवानपुरगढी गाउँपालिका पशु शाखा प्रमुख सत्यनारायण साह, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद दाहाल, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, सहिद रुद्र पाख्रिन स्मृति बाटिकाकी अध्यक्ष मानकुमारी पाख्रिन लगाएतकाको उपस्थिति रहेको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष अर्जुृनप्रसाद सापकोटाले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक मेरबहादुर पाख्रिनले लेखा परीक्षण प्रतिवेदन र ऋण उपसमितिका संयोजक हरिशरण दहालले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा संस्थाबाट धेरै दूध खरीद गर्ने कपिल पोखरेल, सफा दूध विक्री गर्ने संगीता विडारी, गुणस्तरीय दूध विक्री गर्ने विष्णुप्रसाद चौलागाई, धेरै दूध विक्री गर्ने बद्री सापकोटा, ज्येष्ठ शेयर सदस्य होमनाथ खतिवडा, उत्कृष्ठ ऋणीमा नारायणप्रसाद चौलागाई , धेरै रकम बचत गर्ने सूर्यबहादुर पाख्रिन टाढाबाट दुध ल्याउने हरिप्रसाद लम्साललाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image