चैतको दोस्रो साता प्रेस युनियनको केन्द्रीय महाधिवेशन हुने

हेटौंडा टुडे
८ माघ २०७६, बुधबार १३:४८

हेटौंडा टुडे, माघ ८/करिब छ बर्षको अन्तरालपछि नेपाल प्रेस युनियनको केन्द्रिय महाधिवेशन आगामी चैत्र २१ र २२ गते नेपालगन्जमा हुने भएको छ । युनियनको भरतपुरमा भएको केन्द्रीय कार्य समितिको बैठकले महाधिवेशनको मिति र स्थान तोकेको छ ।

पटक पटक घोषणा हुँदै रोकिदै आएको प्रजातन्त्रवादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस यूनियनको यो पछिल्लो घोषणाले पत्रकारहरुमा उत्साहको संचार गराएको छ । बैठकले माघ मसान्तभित्र बाँकी सबै जिल्ला शाखाहरुको अधिवेशन गरिसक्ने निर्णय गरेको छ । यूनियनका अझैं १० १२ शाखाहरुको नियमित अधिवेशन विविध कारणले रोकिदै आएको छ ।

उक्त बैठकले सरकारले अघि बढाएको सुचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक लगाएत आम नागरिकको अधिकार कुण्ठित हुने सबै विधेयक विरुद्ध दवाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

साभार :sidhakhabar.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*