मकवानपुरगढीमा विजयोत्सव, हात्तिको प्रतिमा अनावरण

हेटौंडा टुडे
१० माघ २०७६, शुक्रबार १७:०५

हेटौँडा,१०, माघ । मकवानपुरगढी दरवार परिषरमा आज विजयोत्सव मनाईएको छ । मुगल बादशाह मिरकासिमको नेतृत्वमा रहेको अंग्रेज फौजलाई पराजित गरेको सम्झनामा आज मकवानपुरगढीमा रहेको किल्ला अर्थात गढीमा दरवार परिषरमा विजोत्सव मनाईएको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले झण्डात्तोलन गरे भने त्यहा स्थापना गरिएको सेतो हात्तिको प्रतिमाको अनावरण समेत गरेका थिए । विसं १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई पराजित गरिएको सम्झनामा मकवानपुरगढी किल्लामा सरकारी स्तरबाट यो दोश्रो पटक विजयोत्सव मनाईएको हो ।

 

तत्कालिन गोरखाका राजा पृथवी नारायण शाहाको ससुराली समेतन रहेको सो क्षेत्रमा मुगल सेनाले आक्रमण गर्दा उनीहरुलाई गोरखा सेनाको सहयोगमा परास्त गरेको दिन विजयोत्सव मनाउने गरिएको हो ।

तीन हजार अंग्रेजको फौजलाई मकवानपुरगढीबाट केही तल शिखरकटेरीबाट अघि बढ्न नदिएर तत्कालीन गोर्खाली फौजले पराजित गरेको दि नेपालको सेनाले आधिकारिक रुपमा विदेशको सेनालाई पहिलो पटक पराजय गरेको भनेर इतिहाँसविद्ले भन्ने गरेका छन् । गत वर्ष नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले विजयोत्सवको अवसरमा झण्डात्तोलन गरेकि थिईन् । विजयोत्सव कार्यक्रम बोल्दै प्रमुख अतिथि डोरमणी पौडेलले आजको दिन गोरखा सैनिकहरुले विदेशी सैनिकलाई पराजय गर्दै नेपालको नेपालको इतिहाँसमा कहिल्यै नहार्ने सेनाको रुपमा परिचित गरेको बताए ।

आजको दिनले नेपालको इतिहास गौरबमय भएको दिन रहेको उनले बताए । गढीगाउँपालिका अध्यक्ष विदुर हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री डोरमणि पौडेल रहेका थिए । कार्यक्रममा संघीय ससदका सांसद कृष्णप्रसाद दाहाल, प्रदेश सांसद मुनु सिग्देल, प्रेमबहादुर पुलामी, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, संविधानसभाका सदस्य अन्नत पौडेललगायतको सहभागिता रहेको थियो ।

स्रोत :खबरब्रेक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*