झरनाको तेस्रो अधिबेसन सम्पन्न

हेटौंडा टुडे
१० माघ २०७६, शुक्रबार २१:१४

माघ १०, हेटौडा

मकवानपुरमा लामो समयदेखि क्रियाशिल संस्था झरना साहित्यिक परिवारको तेस्रो अधिबेशन दीपक गौतमको अध्यक्षतामा नया कार्यसमिति गठन गर्दै सम्पन्न भएको छ। आज बकैयामा बकैया गाउपालिका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले दीपक गौतमको अध्यक्षतामा गठन गरिएको नया कार्यसमितिको उपाध्यक्षमा बिश्वनाथ सञ्जेल र चिरञ्जिवी लामीछाने,सचिवमा मसान उपासक,सहसचिवमा गायत्री रुपाखेति तथा कोषाध्यक्षमा कृष्ण घतानीलाई निर्बिरोध चयन गरेको छ। यसैगरी देवराज लामीछाने ,अमृता लामीछाने ,मञ्जु दाहाल,शुभलक्ष्मी प्रभालाई सदस्य चयन गरिएको छ। ऋधिबेशनले संस्थाकामे कोषाध्यक्ष गायत्री रुपाखेतिको आर्थिक प्रतिबेदन तथा सचिब चिरञ्जिवी लामीछानेको प्रगति प्रतिबेदन सर्बसम्मतिले पास गरेको छ।यसै गरी संस्थाको गतिबिधीलाई प्रचारप्रसार गर्न सहयोग गरेको भन्दै हेटौँडा एफएम,समृद्ध समाज,बाइलाइन नेपाललाई पनि सम्मान गरिएको छ।कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल,रमेशमोहोन अधिकारी,उद्दव सापकोटा,बकैया ४का वडा अध्यक्ष राजन दङ्गाल,जनार्दन खनाल,आँचल कलापुञ्जकी अध्यक्ष अनिता न्यौपाने, प्रलेस मकवानपुर अध्यक्ष शान्तिप्रिय बान्दना,सुवास खनाल लगायतको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image