चलचित्र ‘कोपिला’ हेर्न निर्मलाकि आमा आईन हेटौंडा , हेटौंडाबाट ५० हजार सहयोग

हेटौंडा टुडे
१० माघ २०७६, शुक्रबार २१:४३

माघ १०, हेटौडा

सुदुरपश्चिमको कन्चनपुरमा बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तको घटनामा आधारित नेपाली चलचित्र ‘कोपिला’ को शुक्रबार हेटौंडामा च्यारिटी सो सम्पन्न भएको छ ।

शुक्रबार हेटौंडाको एन. एस. सिनेमा हलमा च्यारिटी सो सम्पन्न भएको हो । मकवानपुर जागरण अभियानले सम्पन्न गरेका च्यारिटी सोमा स्वर्गीय निर्मला पन्तकी आमा दुर्गादेवी पन्त सहित चलचित्रका कलाकार टोलीहरको सहभागिता रहेको थियो । चलचित्रका कलाकार गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल,प्रकृती खरेल,जुनिफर पौडेल,श्रेया आचार्य सहित अन्य कलाकारको समेत बाक्लो उपस्थिती रहेको थियो ।

चलचित्रको विशेष प्रदर्शनीको अबसरमा हेटौंडा आएकी स्वर्गीय निर्मला पन्तकी आमा दुर्गादेवी पन्तलाई आभारपत्र सहित नगद ५० हजार रुपैयाँ प्रदान गरिएको थियोे । पन्तलाई चलचित्रका निर्देशक शिवम् अधिकारी, निर्माता मणिराज गौतम, गणेश गिरी, सुबासराज काफ्ले र जागरण अभियानका अध्यक्ष कृष्णराज कोईरालाले संयुक्त रुपमा आभार पत्र सहित रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कलाकार निर्माता रमित ढुगाना,कृषा चौलागाई,पत्रकार निर्देशक डब्बु क्षेत्री,निर्देशक गोबिन्द गौतम महिलाअधिकारकर्मी लगाएतका संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*