हेटौंडा उप महानगरपालिका वडा नम्बर ३ मा वडा स्तरिय युवा क्लब गठन

हेटौंडा टुडे
११ माघ २०७६, शनिबार २०:०७

११ माघ हेटौंडा/  हेटौंडा उपमहा नगरपालिका वडा नम्बर ३ मा वडा स्तरिय युवा क्लब गठन गरिएको छ । निरन्जन बर्तौलाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन गरेको हो । क्लबको उपाध्यक्षमा श्रृजना बोलाखे, सचिव रञ्जन सुरक्षा गौतम र कोषाध्यक्ष बिप्लब बर्तौला चयन भएका छन् ।

कमिटिको सदस्यहरु विसुदा बर्तौला, निना लामा, सहनशिला ढकाल, अनुप पाठक, दिपेश मगर, सुरज बर्तौला, अस्मिता राई, प्रकाश लामा, राहुल बि.क., राम राई र निरुता पाठक चयन भएका छन् ।

हेटौँडा उपमहानगर पालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम कुमार पुडासैनीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । नगरका सबै वडामा युवा क्लब गठन गरि प्रत्येक वडा बाट २ जनाको दरले नगर युवा संसदको अभ्यास गरिने कार्यक्रमका सहजकर्ता तथा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख भिम तिमल्सिनाले जानकारी दिनुभयो । संघिय संसदमा समेत ३३ प्रतिशत मात्र महिला सहभागिता रहेकोमा यस नमुना युवा संसदमा समान ५० प्रतिशतले महिला पुरुषको सहभागिता रहने गरि क्लबको कार्यसमिति निर्माण गरिएको उहाँले बताउनुभयो । सो नव निर्वाचित पदाधिकारीहरुलाई युवा संघ मकवानपुरका अध्यक्ष सन्तोश चौलागाई लगायतले शुभकामना दिनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*