अवैध गाँजासहित मकवानपुरका मुक्तान र प्रजा पक्राउ

हेटौंडा टुडे
१२ माघ २०७६, आईतवार १५:०२

 १२ माघ ,हेटौंडा/मकवानपुर प्रहरीले १० किलो ५६० ग्राम लागू औषध गाँजा सहित २ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्ने मा मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नम्बर २ बस्ने ४२ वर्षीय कान्छाराम मुक्तान र साहि गाउँपालिका वडा नम्बर ९ बस्ने ३५ वर्षीय ज्ञान बहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले बताएका छन्।

प्रहरी सहायक निरीक्षक दमन तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा शनिबार हेटौंडा–१० बसपार्कबाट १० किलो ५ सय ६० ग्राम गाँजासहित पक्राउ गरेको हो ।मनहरी तर्फबाट बिरगंजतर्फ जाँदै गरेको ना ७ ख ६९० नम्बरको यात्रुबहाक बस रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार मुक्तान र प्रजाले बोकेको झोलामा उक्त परिणामको लागूऔषध गाँजा फेला परेपछि निजहरुलाई पक्राउ गरेको हो

पक्राउ व्यक्ति र गाँजालाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान तथा कारबाही भइरहेको मकवानपुर प्रहरीले जनाइएको जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*