हेटौँडाको रिद्दिसिद्दि कस्मास्युटिकल्सको तीन नयाँ उत्पादन बजारमा

हेटौंडा टुडे
१८ माघ २०७६, शनिबार ०९:१७

माघ १८ , हेटौडा

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आएको हेटौँडाको रहेको रिद्धीसिद्धी कस्मास्युटिकल्सको तीन नयाँ उत्पादन माघ 17 गते शुक्रबार  सार्वजनिक गरेको छ । हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि ति उत्पादनहरु सार्वजनिक गरिएको हो ।

उद्योगको नयाँ उत्पादनमा भुइ पुछ्ने लाइसोल, सिसा पुछ्ने कुलिन र नाला सफा गर्ने नो क्लग पत्रकार सम्मेलनमा  नेपाली तथा स्थानीय उत्पादनलाई जोड दिँदै यि उत्पादनहरु बजारमा ल्याएको  उद्योगका प्रोपाइटर हृदयराज गौतमले बताए । उद्योग दोस्रो वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको अवरसरमा ग्राहकको चाहाना अनुसारका तीन वटा नयाँ उत्पादनहरु बजारमा ल्याइएको बताईएको छ । नेपालीहरुको घरमा दैनिक प्रयोग हुने यि उत्पादनहरु बाहिरी देशबाट आउने गरेको पाएपछि आफुहरुले नेपाली कच्चा पदार्थको प्रयोग गरि उत्पादन सुरु गरेको र हाल नेपालभर आफुहरुको उत्पादनले बजार पाएको गौतमले  ।

आईएसओ ९००१ः२०१५, जिएमपि र सिई गरि ३ वटा अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र प्राप्त गरेको कस्मास्युटिकल्सले आगामी दिनमा व्यक्तिगत सरसफाई, दाँत–मुखको हेरचाह एवम् स्वास्थ्यसम्बन्धि उत्पादनहरु थप्दै लैजाने सञ्चालक हृदय राज गौतमले बताए । नेपालको विभिन्न शहरहरुमा अन्य उत्पादित वस्तु विक्री वितरण भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image