क्यान्सरपीडित थापालाई आर्थिक सहयोग हस्तान्तरण

हेटौंडा टुडे
२८ माघ २०७६, मंगलवार १६:५५

माघ २८, मङ्गलबार /हेटौंडा–जिभ्रोको क्यान्सर पीडित हेटौंडा चौकीटोलका हिमालय थापालाई स्थानीय समाजसेवीको समूहले आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरेको छ ।

पीडितको उपचारको सहयोगार्थ स्थानीय समाजसेवी शम्भु नकर्मीको संयोजकत्वमा आर्थिक संकलन सुरु गरिएको थियो । यस अवधिमा संंकलित ७० हजार रुपैयाँ मंगलबार पीडित थापाकी पत्नी यमुना थापालगायतका परिवारलाई घरमै पुगी हस्तान्तरण गरिएको थियो । सुन्दर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल लामा, समाजसेवी हरिकृष्ण महर्जन, भ्वाईस अफ युथ चौकीटोलका अध्यक्ष धरमबहादुर लामा, सुन्दर युवा सञ्जालका अध्यक्ष जीवन छत्कुलीलगायतले आर्थिक संकलन अभियानमा साथ दिएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा हेटौंडा–१ नम्बर वडाध्यक्ष सविन न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

जिब्रोको क्यान्सर भएर उपचार गरी निको भएको भनिए पनि पुनः समस्या बल्झिएपछि उपचार आर्थिक अभाव हुँदा थापा परिवारले आर्थिक सहयोगको याचना गरेको छ । हालसम्म संकलित रकम हस्तान्तरण गरिएको र अन्य व्यक्ति तथा संघसंस्थाबाट पनि सहयोग संकलन गरिने सहयोग संकलनको संयोजन गरिरहेका शम्भु नकर्मीले बताए । क्यान्सरपीडितको उपचारको लागि आर्थिक सहयोग गरिदिन नकर्मीले सबैमा आग्रहसमेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*